काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन्।
प्रदेश महाधिवेनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना चलिरहेको छ।
हाल २०० मतगणना हुँदा घिमिरेले १०८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी उद्धव थापाले ८३ मत पाएका छन्।
घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका हुन्। सिटौलापक्षका थापालाई देउवापक्षको समेत समर्थन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।