काठमाडौं– साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपालले टोलीको घोषणा गरेको छ।
मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले आइतबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
साफ यू-१९ महिला च्याम्पियनसिप ११ डिसेम्बरदेखि २२ सम्म बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले भाग लिनेछन्।
राउन्ड रोविनका आधारमा हुने प्रतियोगिता नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध ११ डिसेम्बरमा खेल्नेछ।
दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ डिसेम्बरमा खेल्नेछ। चौथो खेल नेपालले भारतविरुद्ध १९ डिसेम्बरमा खेल्ने छ।
अंक तालिकाका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल २२ डिसेम्बरमा हुनेछ।
नेपाली टोली :
अन्जना रानामगर, सावित्री किशन, अंकिता राई, सलोनी रानामगर, सबिना चौधरी, मन्जुकुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मीकुमारी घिसिङ, सदीपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुकाकुमारी आले मगर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।