काठमाडौं– नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर विजयी बनेका छन्।
प्रदेशमा कुल खसेको मत १००३ मध्ये बलायरले ६८८ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २८० मत्र मात्र ल्याए।
त्यसैगरी, उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी विजयी बनेका छन् भने महामन्त्री पदमा नरनारायण शाह मनु र मेघराज खड्काले जित हात पारेका छन्।
सहमहामन्त्रीतर्फ गोपालदत्त भट्ट र चिन्तामणि भट्टले जित हात पारे भने महिलातर्फको सहमहामन्त्रीमा अम्बिकाकुमारी चलाउनेले जित हात पारिन्। विजय प्राप्त गर्ने सबै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।