काठमाडौं– लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलेसुरुवाती अग्रता लिएको छ। सभापतिका लागि हालसम्म गणना भएको मतमा सभापतिका उम्मेदवार अमरसिंह पुन अघि देखिएका छन्।
सभापति सहितका पदाधिकारी र सदस्यमा पुनको प्यानले अग्रता लिएको छ। २६५ मत गणना हुँदा सभापतिमा संस्थापनइतरका पुनले १५७ मत ल्याएका छन्। देउवा पक्षीय सभापतिका प्रतिस्पर्धी भरत शाहले १०७ मत ल्याएका छन्।
सदस्यका लागि भएको मतगणनामा हालसम्म ४५० बढी मत गनिएको गणना स्थलमा रहेका नेविसंघका पूर्व नेता मनोजमणि आचार्यले जानकारी दिए। प्रदेश सदस्यको गणनामा पनि पुनको प्यानल अघि रहेको उनले बताए।
पदाधिकारीमा हालसम्म प्राप्त मत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।