काठमाडौं– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा भएको मतदानको मतगणना सुरु भएको छ। लुम्बिनीमा सुरुमा सदस्यको मतगणना हुने भएको छ।
कुल १६३१ मत खसेकोमा हालसम्म ३ सय मत गणना भइसकेको छ। हालसम्म भएको गणनामा संस्थापनइतरका सभापतिका उम्मेदवार अमर सिंह पुन पक्षका सदस्यले अग्रता लिएका छन्।
लुम्बिनीमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापक्षबाट भरत शाह र रामचन्द्र पौडेलपक्षका पुन प्रदेश सभापतिमा उम्मेदवार बनेका छन्।
शाहको प्यानलबाट उपसभापतिमा सुधाकर पाण्डेय र राजु खनाल, महामन्त्रीमा जन्मजय तिमिल्सिना र खिमानसिंह रायमाझी, सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन उम्मेदवार छन्।
यस्नै पौडेलपक्षीय उम्मेदवार पुनको प्यानलबाट उपसभापतिमा भुवनलाल श्रेष्ठ र अष्ठभूजा पाठक, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा विष्णु खनाल, खगराज पाण्डेय र निमा गिरी उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।