काठमाडौं– नेपाली कांग्रेस सुदूरपश्चिममा प्रदेश सभापतिमा देउवा पक्ष अगाडि देखिएको छ। अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना जारी छ।
प्रदेशमा कुल खसेको मत १००३ मध्ये हालसम्म ६०६ मत गणना हुँदा सभापति शेरबहादुर देउवा पक्षले फराकिलो अग्रता बनाइसकेको छ। प्रदेशको सभापतिमा वीरबहादुर बलायरले ४१४ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले १७३ मत्र मात्र ल्यएका छन्।
त्यसैगरी, उपसभापति जनकराज चौधरीले ३७४, लोकराज अवस्थीले ३२७, गोपाल सिंह गुरुङले १६९, मानबहादुर रावलले १५८ तथा हिमबहादुर रावलले ७२ मत ल्याएका छन्। महामन्त्री पदमा मेघराज खड्काले ३९३ मत ल्याउँदा रामबहादुर शाहीको १९८ तथा प्रताप गुर्धामीको १२९ मत रहेको छ।
सहमहामन्त्रीतर्फ भने गोपालदत्त भट्टले ३३७, चिन्तामणि भट्टले ३२६, पदमराज पन्तले १४६, नरेन्द्रप्रसाद भट्टले १३७, लक्ष्मणबहादुर शाहीले ९८ तथा हर्कबहादुर स्वाँरले ५१ मत मात्र ल्याएका छन्।
त्यसैगरी, सहमहामन्त्री (महिला) तर्फ अम्बिकाकुमारी चलाउनेले ४१७ मत ल्याउँदा खिना भण्डारीले १३८ मतमात्र ल्याउकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।