काठमाडौं– नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानबाट उनी सभापतिमा विजयी भएका हुन्।
कुल ११४६ मत खसेकोमा उनले ६१२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पार्टी सभापति शेरबहादुर देउवा पक्षका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याए।
कार्यसमितिमा उपसभापतिबाहेक सबै पदमा शर्मा पक्षकै उम्मेदवारले जित हात पारे।
गण्डकीको उपसभापतिमा मेखलाल श्रेष्ठ र कल्पना तिवारी विजयी बने भने महामन्त्रीमा किरण बाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने विजयी बनेका छन्। उपसभापतिमा विजयी श्रेष्ठ भने देउवापक्षीय हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।