काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुने भएको छ। असअघि सभापतिमा प्रतिस्पर्धा गरेका कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो।
प्रदेश सभापतिका लागि आइतबार बिहन ९ बजेदेखि पुनः निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ।
बागमतीको सभापतिमा शेरबहादुर देउवा पक्षबाट इन्द्र बानियाँ, रामचन्द्र पौडेलपक्षबाट जगदीश्वर नरसिंह केसी तथा नेता कृष्ण सिटौला पक्षबाट भीमसेन दास प्रधानबीच प्रतिस्पर्धा भएको थियो।
यसअघि पहिलो चरणमा कुल २०७२ मत खसेकोमा बानियाँले ९९२ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी केसीले ८७२ मत ल्याउँदा प्रधानले १९७ मतमात्र ल्याए। अब दोस्रो चरणमा बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ।
यसैबीच दोस्रो चरणको नतिजा आफ्नो पक्षमा पार्न नेताहरुले छलफललाई तिब्रता दिएका छन्। पहिलो चरणमा तेस्रो भएका प्रधानले बानियाँलाई सघाउने विषयमा छलफल भएको एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।