काठमाडौं– नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना चलिरहेको छ।
पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना भएको छ। मतदानमा कुल ११४६ मत खसेको थियो। ४६ मत गन्न बाँकी रहँदै शर्मा विजयी भएका हुन्
प्रदेश सभापतिमा ११०० मत गणना हुँदासम्म पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ५८५ मत प्राप्त गरेका छन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापक्षका उम्मेदवार अर्जुनप्रसाद जोशीले ५१० मत ल्याएका छन्।
गण्डकीको उपसभापतिद्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्रीद्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छ। यसैगरी सहमहामन्त्री महिलामा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएको निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।