काठमाडौं- नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा तीव्र प्रतिस्पर्धा चलेको छ। प्रदेश अधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना चलिरहेको छ।
पछिल्लो अपडेट अनुसार हालसम्म ३०० मत गणना भएको छ। मतदानमा कूल ११४६ मत खसेको थियो।
प्रदेश सभापतिमा ३०० मत गणना हुँदासम्म पर्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापक्षका उम्मेदवार अर्जुनप्रसाद जोशी १५१ मतका साथ अगाडि रहेका छन्। उनका प्रतिस्पर्धी शुक्रराज शर्माले १४८ मत प्राप्त गरेका छन्। शर्मा रामचन्द्र पौडेलपक्षका उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।