काठमाडौं– गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ।
उपाधि जित्ने क्रममा ढोरपाटनले शनिबार सम्पन्न फाइनलमा आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६,२५–२१,१५–२० ले हरायो ।
यसैगरी, मण्डली स्पोर्ट्स क्लबले प्रदेश १ रातोलाई २२–२५,२५–१८,२५–१९२३–२५,१५–१० ले हराउँदै तेस्रो स्थानमा चित्त बुझायो।
प्रतियोगितामा ढोरपाटनका प्रताप खवास उत्कृष्ट खेलाडी घोषित भए। यसैगरी, गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर, प्रदेश १ का राम घताने उत्कृष्ट ब्लकर र ढोपराटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।