काठमाडौं- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा १६३१ मत खसेको छ। कूल मतदाता १६७० रहेको उक्त प्रदेशमा १६३१ जनाले मात्र मतदानमा भाग लिएका हुन्।
मतदान सकिएसँगै मतगणनाको तयारी थालिएको नेवि संघका पूर्वनेता मनोजमणि आचार्यले जानकारी दिए। उनका अनुसार मतगणना सुरु गर्न बैठक बस्ने तयारी भइरहेको छ।
लुम्बिनीमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापक्षबाट भरत शाह र रामचन्द्र पौडेलपक्षका अमर सिंह पुन प्रदेश सभापतिमा उम्मेदवार बनेका छन्।
शाहको प्यानलबाट उपसभापतिमा सुधाकर पाण्डेय र राजु खनाल, महामन्त्रीमा जन्मजय तिमिल्सिना र खिमानसिंह रायमाझी, सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन उम्मेदवार छन्।
यस्नै पौडेलपक्षीय उम्मेदवार पुनको प्यानलबाट उपसभापतिमा भुवनलाल श्रेष्ठ र अष्ठभूजा पाठक, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा विष्णु खनाल, खगराज पाण्डेय र निमा गिरी उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।