काठमाडौं– तनावपूर्ण बनेको खेलमा न्यूरोड टिम (एनआरटी) र च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न दिनको दोस्रो खेलमा एनआरटी र च्यासलले १–१ गोलको बराबरी खेलको हो। च्यासलका लागि रुमेश बर्तौलाले गोल गरे भने एनआरटीका लागि वैकल्पिक मिडफिल्डर दिपेश घलेले गोल फर्काए।
घलेले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गरेका थिए। उनले गोल लगत्तै खेल केहीबेर तनावपूर्ण बन्न पुगेको थियो।
रेफ्रीको निर्णयमा असहमति जनाएपछि दुवै टोलीबीच घम्साघम्सी भएको थियो। घम्साघम्सीकै बीचमा यान्निक केट्चाले रन्जन विष्टलाई धक्का दिएपछि उनलाई रेफ्री विश्वास कार्कीले पहेंलो कार्ड देखाएका थिए।
त्यसअघि ४३औं मिनेटमा मिडफिल्डर रुमेश बतौंलाले गोल गर्दै च्यासललाई पहिलो हाफमा अग्रता दिलाएका थिए। कमल श्रेष्ठको कर्नरमा आएको बललाई मेसुके ओउमोउको कमजोर ‘क्लिअरेन्स’मा अनमार्क रहेका रुमेशले पेनाल्टी बक्सभित्रबाट गोल गरे।
७९औं मिनेटमा वैकल्पिक मिडफिल्डर घलेले गोल गर्दै खेललाई १–१ गोलको बरारीमा ल्याए। नवीन गुरुङको ‘कट ब्याक’मा मैदान प्रवेश गरेको पहिलो मिनेटमै उनले गोल गरे। उनी अशोक थापाको स्थानमा मैदान प्रवेश गरेको थिए।
बराबरीपछि च्यासलको ३ खेलबाट ४ अंक जोडेको छ। एनआरटीको ३ खेलबाट २ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।