कांग्रेस गण्डकी प्रदेश सभापतिका उम्मेदवारद्वय शुक्रराज शर्मा (बायाँ) र अर्जुन जोशी। काठमाडौं- नेपाली कांग्रेसको गण्डकी प्रदेशमा मतदान सकिएको छ। प्रदेश कार्यसमिति चयन गर्नका लागि भएको निर्वाचनमा ११४६ मत खसेको जानकारी दिइएको छ। गण्डकीमा कूल मतदाता सङ्ख्या ११६५ रहेको थियो।
कास्की कांग्रेसका पूर्वजिल्ला सभापति कृष्ण केसीले केहीबेरपछि मतगणना सुरु हुने जानकारी दिए।
गण्डकीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापक्षबाट अर्जुन जोशी र रामचन्द्र पौडेलपक्षबाट शुक्रराज शर्मा प्रदेश सभापतिका लागि प्रतिस्पर्धामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।