काठमाडौं– विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र रशिला महर्जनले सिन्धुपाल्चोकमा सम्पन्न बाह्रबिसे कप खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। रत्नजित पुरुष एकलमा तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन्।
प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठमाथि २१–१८ र २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन्। रत्नले उपाधिसँगै १ लाख २५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे। दोस्रो भएका नविनले ६५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
महिला एकलतर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीमाथि २–० को सोझो सेटमा जित निकालिन्। उपाधी हात पार्ने क्रममा रशिलाले गिरीमाथि २१–१६ र २१–१६ को समान अन्तरले पराजित गरिन्। रशिलाले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।