काठमाडौं- नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत 'घरमा आइसियोस न ' मा नायक भुवन केसी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ।
प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक केसी मैसाव सृष्टिलाइ भेट्न घोडचडी देखि, दरबारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ।
'घरमा आइसियोस न 'गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र बिशम आचार्यको एरेन्जमेन्ट रहेको छ।
सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ। भिडियोलाई गायिका रानी शाक्यको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।