काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को पार्टी सभापतिका लागि गुरु घिमिरे र उद्धब थापाबीच प्रतिस्पर्धा हुने भएको छ। सभापतिका लागि घिमिरे र थापाले उम्मेदवारी दर्ता गराएका छन्।
घिमिरे संस्थापन इतर (पौडेल)पक्षबाट सभापतिका उम्मेदवार रहेका छन् भने थापालाई संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षसँगै नेता कृष्ण सिटोलाको पनि साथ छ।
प्रदेश १ मा संस्थापन र इतर पक्ष प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। संस्थापन पक्षबाट सभापतिमा थापासँगै उपसभापतिमा उमेशजंग रायमाझी र टंक राई, महामन्त्रीमा दिवेन श्रेष्ठ र भुपेन्द्र राई तथा सहमहमन्त्रीमा प्रमिला गच्छदार, विनोदकुमार बस्नेत, झकबहादुर लिम्बु, इन्दिरा थापा, शेर्मराज राईले उम्मेदवारी दर्ता गराएका छन्।
पौडेल समूहबाट सभापतिमा घिमिरेसहित उपसभापतिमा गोविन्द ढुंगेल र विश्वनाथ, महामन्त्रीमा उमेश थापा र पदमसुन्दर पाहुङ तथा सहमहामन्त्रीमा अञ्जना ताम्ली, रोहित शाही, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, खड्ग फागोले उम्मेदवारी दर्ता गरेका छन्।
सभापति
१. उद्दब थापा
२. गुरु घिमिरे
उपसभापति
१. गिविन्द ढुङेल
२. उमेशजंग रायमाझी
३. टंक राई
४. विश्वानाथ
महामन्त्री
१. दिवेन श्रेष्ठ
२. भुपेन्द्र राई
३. उमेश थापा
४. पदम सुन्दर पाहुङ्
सह-महामन्त्री
१. प्रमिल गच्छादार
२. अन्जना ताम्ली
३. रोहित शाही
४. शुभचन्द्र राइ
५. सिता कार्की
६. विरकाजी राइ
७. विनोद कुमार वस्नेत
८. खड्का फागु
९. इन्दिरा थापा
१०. शेर्मराज राइ
११. झक बहादुर लिम्बु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।