काठमाडौं– सुदूरपश्चिमको पदाधिकारीमा आफ्नो पक्षले ‘सम्मानजनक’ हिस्सेदारी नपाउने देखेपछि कांग्रेस संस्थापनइतरले उम्मेदवारी घोषणा गरेको छ।
सुदूरपश्चिममा पौडेल पक्ष तुलनात्मक रुपमा कमजोर छ। संस्थापन पक्षले पदाधिकारीका मुख्य पदमा पौडेल पक्षलाई सम्मानजनक स्थान नदिएपछि आफ्नो तर्फबाट उम्मेदवारीको घोषणा गरिएको छ। यद्यपि, दुई पक्षका नेताहरु संवादमा सक्रिय रहेको बताइएको छ।
नेता वीरबहादुर बलायरलाई सर्वसहमतिको सभापति बनाउने प्रयास संस्थापन पक्षको छ। बलायरलाई सर्वसहमतिको सभापति बनाउन पौडेल पक्ष पनि तयार छ। तर, पदाधिकारीमा उक्त पक्षले चित्त बुझ्ने गरी हिस्सेदारीको माग गरेको छ।
पौडेल पक्षले सभापतिमा कैलालीका नारायणदत्त मिश्रलाई अघि सारेको छ। मिश्र कैलालीका पूर्व सभापतिसमेत हुन्। उपसभापतिद्वयमा गोपाल गुरुङ, मानबहादुर रावल उम्मेदवार बनेका छन्। दुई महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाहीले पौडेल पक्षबाट उम्मेदवार बनेका छन्। पदमराज पन्त र नरेन्द्र भट्टले सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।