काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी गतिशील र उर्जावान हुन नेतृत्वमा नयाँ पुस्ता आउनुपर्ने बताएका छन्।
सभापतिको उम्मेवारी घोषणा गरेका नेता कोइरालाले विराटनगरमा प्रदेश १ को अधिवेशन उद्धघाटन कार्यक्रममा भने, ‘नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको पार्टीमा आवश्यकता छ।’ भविष्यको नयाँ कांग्रेस निर्माणमा आफ्नो अन्तरआत्माको आवाज सुन्न उनले अधिवेशन प्रतिनिधिलाई आग्रह गरे।
नेतृत्वमा पुग्नेभन्दा पनि कस्तो कांग्रेस निर्माण गर्ने गहन जिम्मेवारी प्रतिनिधिमा आएको उनले बताए। चालु महाधिवेशनले युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर प्रदान गरेको कोइरालाले बताए।
‘हामी जुन ठाउँमा भेला भएर कांग्रेस हुनुको गर्व गर्दै छौं,’ विराटनगरमा उनले भने, ‘यो पावनभूमि जननायक विश्वेश्वरप्रसाद कोइरालाको हो, गिरिजाप्रसादको हो, शैलजा आचार्य र नोना कोइरालाजस्ता महिला नेतृको पनि हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।