काठमाडौं– नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ। कर्णाली प्रदेशको सभापतिमा भूपेन्द्रजंग शाहीले उम्मेदवारी घोषणा गरेका छन्।
शाहीले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन्। उक्त समूहबाट अन्य पदाधिकारीको उम्मेदवार चयन आज हुने जनाइएको छ।
शाही नेपाल तरुण दलका केन्द्रीय महासचिव हुन्। यसअघि नेविसंघका उपाध्यक्ष भइसकेका उनी २०७० र २०७४ सालको निर्वाचनमा कालिकोटबाट प्रतिस्पर्धी थिए।
कर्णालीमा सभापति शेरबहादुर देउवा पक्षबाट राजीव विक्रम शाह सभापतिको उम्मेदवार बन्ने चर्चा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।