काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ। बिहीबार राति सम्पन्न खेलमा युनाइटेडले आर्सनललाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
ओल्ड ट्राफोर्डमा युनाइटेडले सुरुआती अग्रता उल्टाएर जित निकालेको हो। खेलको १३ औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४४औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ५२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई २–१ को स्थितिमा पुर्याए। रोमान्चक बनेको खेलको ५४औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २–२ को अवस्थामा पुग्यो। खेलको ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाए।
जितसँगै युनाइटेडले १४ खेलबाट २१ अंक जोडेको युनाइटेड सातौं स्थानमा रहेको छ। पराजित आर्सनल २३ अंकका साथ पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।