काठमाडौं– नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि आधिकारिक ब्यानर सार्वजनिक गरेको छ। बुधबार प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको आधिकारिक ब्यानर सार्वजनिक गरेका हुन्।
कांग्रेस केन्द्रीय प्रचार प्रसार समितिले १४औं महाधिवेशनको ब्यानर सार्वजनिक गरेको हो। नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदै छ।
कांग्रेसले महाधिवेशनका लागि ‘उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं कांग्रेसको १४ औं महाधिवेशन’ नारासमेत तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।