काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशको नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ। बिहीबार सुरु भएको अधिवेशनअन्तर्गत प्रदेशहरुमा आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ।
कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो। प्रदेश नेतृत्व चयनका लागि प्रदेश२ बाहेका अन्य प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। प्रदेश २ को अधिवेशन भने महाधिवेशन पछि हुनेछ।
सबै प्रदेशमा पार्टीभित्रको गुटअनुसार नै प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशमा कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो धारका बीच प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।