काठमाडौं– नेपाली कांग्रेसको संस्थापनपक्षले लुम्बिनी प्रदेशमा आफ्नोतर्फबाट उम्मेदवार बन्नेको प्यानल तयार गरेको छ।
१४औं महाधिवेशनअन्तर्गत १८ गते हुने लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा संस्थापनपक्षबाट रुपन्देहीका संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले उम्मेदवारी घोषणा गरेका छन्।
सभापतिका उम्मेदवार शाह रूपन्देही ५ बाट निर्वाचित सांसद हुन्। यस्तै, उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमान सिंह रायमाझीले उम्मेदवारी दिने भएका छन्।
यता, सहमहामन्त्रीमा लक्ष्मी नारायण शाह, सरिता चौधरी र माया पुनले उम्मेदवारी घोषणा गरेका छन्।
रुपन्देहीको भैरहवामा हुने प्रदेश अधिवेशनका लागि संस्थापनइतरले आफ्नो प्यानल घोषणा गरिसकेको छ।
उम्मेदवारको मनोनयन शुक्रबार र मतदान शनिबार हुने गरी अधिवेशनको कार्यतालिका बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।