काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतरले गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मालाई उठाउने भएको छ।
शर्मा कास्कीका शीर्ष नेता हुन्। सभापतिका आकांक्षी रहेका देवराज चालिसे, यज्ञबहादुर थापा, रघु पौडेल पछि हटेपछि शर्माले उक्त पदमा उम्मेदवारी दिने भएका छन्।
रामचन्द्र पौडेलपक्षका नेताहरुको दिनभरको बैठकपछि शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको हो। अन्य पदमा भने निर्णय हुन बाँकी रहेको छ।
गण्डकीमा शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका बनाइएको छ। शेरबहादुर देउवापक्षले भने यसअघि नै सभापतिसहित प्यानल घोषणा गरेको छ।
देउवापक्षले केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई सभापतिको उम्मेदवार बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।