काठमाडौं– भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला पर्न थालेपछि ‘फोर नेसन्स महिला फुटबल प्रतियोगिता’ स्थगित भएको छ।
गत शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालले उक्त प्रतियोगिता खेल्ने जानकारी गराएको थियो। प्रतियोगिता २३ मंसिरदेखि ६ पुससम्म ( ९-२१ डिसेम्बरसम्म) हुने बताइएको थियो।
प्रतियोगितामा नेपालसहित आयोजक भारत र थाइल्यान्डको सहभागिता टुंगो लागिसकेको थियो। यता, एक अफ्रिकी देशमा खेल्ने बताइएको थियो।
तर, कोरोनाको कारण प्रतियोगिता स्थगित भएको छ। ‘कोरोनाका कारण प्रतियोगिता खेलाउन नसक्ने देखियो’, एन्फाका एक उच्च पदाधिकारीले भने।
यससँगै एन्फाले बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीलाई रिलिज गरेको छ। प्रतियोगिताको लागि एन्फाले महिला टोलीको प्रशिक्षकको जिम्मेवारी चेतन घिमिरेलाई दिएको थियो ।
उनले २६ खेलाडी समेटेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई प्रशिक्षण गराइरहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।