काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिटनेस टेस्ट लिन दबाब दिएपछि नेपालमा रहेका ९ पुरुष रेफ्रीले सामूहिक राजीनामा बुझाएका छन्।
सहिद स्मारक ‘ए’ डिभिजन लिग जारी रहँदा नेपालमा रहेका ४ फिफा रेफ्रीमध्ये ३ र ६ सहायक रेफ्रीले सामुहिक रेफ्री एन्फा कम्प्लेक्स पुगेर महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाएका हुन्।
‘१० जनाले राजीनामा पत्र बुझाउनु भएको छ,’महासचिव इन्द्रमान तुलाधरले भने,‘ जसमा ६ जनाको मात्र हस्ताक्षर रहेको छ।’
पछिल्लोपटक सेप्टेम्बर २३ मा फिटनेस टेस्ट दिएका रेफ्रीहरुलाई डिसेम्बर २३ अर्को टेस्ट दिन एन्फाले निर्देशन दिएको थियो।
रेफ्रीले लिग चल्दा चल्दै टेस्ट दिन नसकिने र गर्नैपररे लिग रोकेर तयारीको समय दिनुपर्ने माग राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।