काठमाडौं- प्रदेश १ को अधिवेशनमा संस्थापन र कृष्णप्रसाद सिटौला पक्षको गठबन्धन बन्ने निश्चित भएको छ। सिटौला पक्षबाट सभापतिका उम्मेदवार बनेका उद्धव थापालाई संस्थापन पक्षले सघाउने भएको छ।
झापाका निवर्तमान सभापति थापालाई नेता सिटौला पक्षले प्रदेश सभापतिमा उठाएको छ। सिटौला पक्षले उठाएका सभापतिका उम्मेदवारलाई संस्थापन समूहले समर्थन गर्ने कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले जानकारी दिइन्।
थापासँग संस्थापनइतरका सभापतिका उम्मेदवार गुरुराज घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन्। संस्थापनइतरको बैठकले घिमिरेलाई अघि सार्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।