काठमाडौं– लुम्बिनी प्रदेश सभापतिका लागि कांग्रेसका दुई पक्षका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
संस्थापन पक्षबाट भरत शाहले उम्मेदवारी दिने भएका छन्। संस्थापनइतरले अमरसिंह पुनलाई उम्मेदवार बनाएको छ। शाह रुपन्देहीबाट प्रतिनिधि सभाका निर्वाचित सांसद हुन्। उनी संसद्को सार्वजनिक लेखा समितिका सभापति समेत हुन्।
पुन रोल्पा जिल्लाका निवर्तमान जिल्ला सभापति हुन्। जिल्ला सभापतिको निर्वाचनमा लुम्बिनीमा संस्थापनइतर बलियो देखिएको छ। रुपन्देही र बर्दिया बाहेकका जिल्लाको सभापति संस्थापनइतरले जितेको छ।
प्रदेश सभा क्षेत्रका लागि चयन भएका प्रतिनिधि र केन्द्रीय महाधिवेशनमा छानिएका प्रतिनिधि प्रदेश अधिवेशनका मतदाता हुनेछन्।
सात प्रदेशको अधिवेशन आज सुरू भएको छ। लुम्बिनीको अधिवेशन भैरहवामा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।