काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत चेल्सीले वाट्फोर्डलाई पराजित गरेको छ।
बुधबार राति वाट्फोर्डको मैदानमा सम्पन्न खेलमा चेल्सीले २–१ गोल अन्तरले हराएको हो। चेल्सीको जितमा मासन माउन्ट र हाकिम जिएचले एक÷एक गोल गरे। वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए ।
खेलको २९ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा डेनिसले गोल गर्दै वाट्फोर्डलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ७२ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए।
जितसँगै शीर्षमा रहेको चेल्सीको १४ खेलमा ३३ अंक भएको छ। पराजित वाट्फोर्ड १३ अंकका साथ १७औं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।