काठमाडौं–स्पेनिस ला लिगामा रियल म्याड्रिडले एथलेटिको बिल्वाओलाई पराजित गरी शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ।
घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा फरवार्ड करिम बेन्जेमाको गोलमा रियलले जित हात पारेको हो। उनले खेलको ४०औं मिनेटमा गोल गरेका थिए।
जितसँगै रियलले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ। तालिकाको शीर्षमा रहेको रियलको १५ खेलबाट ३६ अंक छ। दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ।
एट्लेटिकोले एक खेल कम खेलेको छ। पराजित बिल्वाओ २० अंक जोडेर आठौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।