काठमाडौं– प्रदेश १ को सभापतिका लागि नेता कृष्णप्रसाद सिटौलापक्षका झापाका नेता उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन्।
प्रदेश सभापतिको लागि उम्मेदवारी दिने उनले नेपाललाइभसँग बताए। थापालाई संस्थापनपक्षले सघाउने सम्भावना छ। ‘मैले उम्मेदवारी घोषणा गरें। सभापति देउवापक्षको पनि मलाई साथ हुनसक्छ,’ थापाले भने,‘गठबन्धनका लागि भोलिदेखि संवाद गर्छौं।’
थापाले दुई कार्यकाल झापाको जिल्ला सभापतिको भूमिका निर्वाह गरेका छन्। संस्थापनइतर (पौडेल पक्ष) बाट प्रदेश १ को सभापतिका लागि दुई जना आकांक्षी छन्। केन्द्रीय सदस्य गुरु घिमिरे र प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला आकांक्षी छन्।
प्रदेश अधिवेशनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता मंसिर १७ का लागि तोकिएको छ। प्रदेश अधिवेशन १८ र १९ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।