काठमाडौं- नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपालको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन्।
यही मङ्सिर २२ र २३ गते हुने निर्वाचनका लागि चारपाङ्ग्रे, दुईपाङ्ग्रे, हेभी इक्युपमेन्टस्, टायर, लुब्रिकेन्टस् लगायतका सबै क्षेत्रलाई समेटेर बुधबार उनले आफ्नो प्यानल सार्वजनिक गरेका हुन्।
चौधरीको प्यानलमा टाटाका राजनबाबु श्रेष्ठ, हिरोका अभिक ज्योति, महिन्द्राका वरदान बस्नेत र यामाहाका मिलनबाबु मल्ल रहेका छन्। त्यस्तै नाडाको हाल कार्यसमितिमा रहेका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती पनि चौधरीकै प्यानलमा रहेका छन्।
यसबाहेक विक्रम सिंघानिया, पङ्कज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारीले पनि चौधरीको प्यानलबाट चुनाव लड्ने भएका छन्।
नाडाको ४५औँ साधारणसभा मङ्सिर २२ गते काठमाडौंमा हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।