काठमाडौं- नेपाली कांग्रेस लुम्बिनी प्रदेशको उदघाटन रुपन्देहीको भैरहवामा हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचनको तालिका अनुसार रुपन्देहीको भैरहवामा रहेको महेन्द्र सभागृहमा मङ्सिर १६ गते दिउँसो साढे १२ बजे उद्घाटन हुने लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए।
जोशीका अनुसार १६, १७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेशको संरचना अनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हुँदै छ।
अधिवेशनको उदघाटन कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले गर्ने कार्यक्रम तय भएको छ। मंसिर १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय भएको छ।
प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ जनाले मतदान गर्ने जानकारी दिइएको छ। अधिवेशनमा तीन हजारभन्दा बढीको सहभागिता रहने सचिवालय सदस्य सिवप्रसाद गैरेले जानकारी दिए।
गैरेले बाहिरी जिल्लाबाट सहभागी हुन आउनेहरुका लागि खाने र बस्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।