काठमाडौं– नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले सत्ता गठवन्धनमा नाममा संविधान नमान्ने, विकास गर्न नदिने र देशको स्वाभिमानको बेवास्ता गर्ने कार्य चलिरहेको टिप्पणी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन सत्रमा बोल्दै पोखरेलले सिद्धान्त नचाहिने, विचार मिल्नु नपर्ने र संविधान नचिन्नेहरु एकठाउँमा उभिएको र सत्ता गठबन्धन गलत भएको टिप्पणी गरे।
विदेशले खुल्ला हस्तक्षेप गर्दा एउटा कूटनीतिक नोट मात्र पठाएर टारेको पनि पोखरेलले आरोप लगाए। देशको स्वाभिमान रक्षा गर्न जुनसुकै दल पनि एकठाउँमा हुनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।