काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा थोरै हुनु राम्रो भएको बताएका छन्।
'तीनवटा पार्टी मिलेर एकता गर्नुभएको छ। यसका लागि धन्यवाद', राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा मंगलबार सम्बोधन गर्दै उनले भने, 'नेपालमा जति कम पार्टी भयो, त्यति राम्रो हो।'
उनले राप्रपा र आफूहरुको पार्टीगत विचार र मान्यताहरु फरकफरक भएको स्मरण गराए। उनले पार्टीहरुबीचमा आगामी दिनमा राष्ट्रियताको मुद्दामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।