काठमाडौं- राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले नेकपा मालेका अध्यक्ष सीपी मैनाली आफ्नो पार्टीमा आए स्वागत गर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सीपीको अभिव्यक्तिबाट 'राप्रपाको अध्यक्ष बन्ने तयारी' जस्तो बुझिएको बताएका थिए।
त्यही कुरामा थप्दै ठट्यौलो भाषामा उनले स्वागत गर्ने बताएका हुन्। उनले सीपी युवा अवस्थामा कम्युनिष्ट भएपनि अहिले आएर 'कुरा बुझेको' रुपमा त्यसलाई अर्थ्याए।
उनले एउटा भनाइको सहारा लिँदै प्रचण्ड र सीपी दुवैलाई जोडे, 'जो युवामा कम्युनिष्ट हुँदैन त्यो मूर्ख हो, जो उमेर घर्केपछि पनि कम्युनिष्ट रहन्छ त्यसले कुरा बुझेको हुँदैन भन्ने भनाइ छ।'
त्यसले पर्ने असरप्रति माफी माग्दै उनले दिएको अभिव्यक्तिले सीपी पाको उमेरमा पुगेपछि कुरा बुझेर राजाको योगदानलाई प्रशंसा गर्न थालेको अर्थ लाग्थ्यो भने प्रचण्डले अझै कुरा बुझ्न बाँकी रहेको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।