काठमाडौं- पछिल्लो दुई खेलमा चेल्सी र एट्लान्टासँग हार्दा दबाबमा आएको युभेन्टसले मंगलबार राति सिरी ‘ए’ मा सेलनिटानामाथि २–० को जित हात पार्दै लयमा फर्किएको छ।
इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले घरेलु टोली सालेरनिटानालाई २–० ले पराजित गर्दै हारको सिलसिलालाई ब्रेक गरेको हो।
स्टेडिया एरेची सालेरनोमा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफमा तथा मोराटाले दोस्रो हाफमा गोल गरेका थिए। खेलको २१औं मिनेटमा डिबालाले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए। २८औं मिनेटमा जर्जियो चिलियनीले गोल गरेपनि भीएआरबाट मन्यता पाएन।
७०औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्ब पारे। इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डिबाला पेनाल्टीमा चुकेपनि युभेन्टसले जित निकाल्न सफल भयो।
जितसँगै युभेन्टस १५ खेलबाट २४ अंक जोडर सातौ स्थानमा यथावत् रहेको छ । समान २४ अंक रहेपनि फियोरेन्टिना छैटौ स्थानमा रहेको छ।
युभेन्टसका कप्तान चिलिनीले खेलपछि आफू र आफ्नो टोलीमाथि क्लबले देखाएको विश्वास पूरा गर्न तयार रहेको प्रतिकृया दिएका छन्।
‘युभेन्टसले मलाई र मेरो टोली सहयात्रीलाई धेरै कुरा दिएको छ। अब क्लबलाई फिर्ता गर्ने समय आएको छ। हिजोको खेलमा प्रशिक्षकले राम्रो रणनिति बनाउनु भएको थियो, त्यसैले राम्रो प्रदर्शन रह्यो। अब खराब लयबाट निस्कनेछौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।