काठमाडौं- चितवनमा सम्पन्न नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित थिए।
एमालेले प्रचण्डलाई बोलाए पनि उनले स्थायी समिति सदस्य लिलामणि पोखरेललाई पठाएर अनुपस्थित भएका थिए। एमाले नेता राजन भट्टराई प्रचण्डलाई खुमलटार पुगेरै निम्तो दिए पनि कार्यव्यस्तताले उपस्थित हुन नसकेको जानकारी दिएका थिए। नेपाल भने एमालेले निम्तो नै नदिएकाले अनुपस्थित भएका हुन्।
तर, बुधबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन उद्घाटन समारोहमा भने प्रचण्ड र नेपाल दुवै जना सहभागी भएका छन्। दुवै जनालाई राप्रपाले सम्मान साथ मञ्चमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।