काठमाडौं– अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) को आगामी नेतृत्वका ध्रुव थापा र करण चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ।
थापा फोर्स मोटरको नेपालका लागि आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् भने चौधरी सुजुकी कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन्।
थापाले बिहीबार आफ्नो प्यानल घोषणा गर्दै छन्। थापा अघिल्लो कार्यकालका उपाध्यक्ष हुन्। चौधरीले बुधबार आफ्नो प्यानल घोषणा गर्ने कार्यक्रम राखेका छन्। चौधरी नाडाको वर्तमान कार्यसमिति उपाध्यक्ष हुन्।
नाडाको साधारणसभा तथा निर्वाचन यही मंसिर २२ र २३ मा हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।