काठमाडौं– नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राई निर्वाचित भएका छन्।
राई कमोठ फागोलाई पराजित गरी सभापति बनेका हुन्। राईले ५०४ मत ल्याउँदा उनको प्रतिद्वन्द्वी फागोले ४७० मत ल्याएका थिए।
सभापति निर्वाचित राई सभापति शेरबहादुर देउवानिकट हुन्।
त्यसैगरी धनकुटाको उपसभापतिमा सुनिल डंगोल र निर्मल ओझा तथा सचिवमा विजय सन्तोषी राई र जयन्द्र घिसिङ निर्वाचित भएका छन्। सहसचिवमा रोशन श्रेष्ठ र गिरिजा दाहाल चयन भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।