काठमाडौं– नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा निर्वाचित भएका छन्। शेर्पा दोस्रो चरणको मतदानबाट सभापतिमा निर्वाचित भएका हुन्।
शेर्पाले पाँच सय १३ मत ल्याउँदा उनको प्रतिद्वन्द्वी विनोद बस्नेतले तीन सय ७१ मतमात्रै ल्याएका थिए।
सभापति निर्वाचित शेर्पा सभापति शेरबहादुर देउवानिकट हुन्।
पराजित बस्नेत निवर्तमान सभापति हुन् भने शेर्पा सोलुदूधकुण्ड नगरपालिकाका मेयर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।