काठमाडौं– नेपाली कांग्रेस रसुवाको सभापति पेम्बाछिरिङ तामाङ भएका छन्।
उनी जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा कांग्रेस सभापति पदमा दोहोरिएका हुन्। तामाङ पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्।
यस्तै रसुवाको उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा चयन भएका छन्। जिल्लाको सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चुनिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।