काठमाडौं– नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन्।
शेखर कोइराल पक्षका लिम्बू दोस्रो चरणको मतदानबाट विजयी भएका हुन्। उनले १९०६ मत ल्याउँदा देउवा पक्षका दिलीप गच्छदारले १४२५ मत्रमात्र ल्याए।
पहिलो चरणमा कुनै उम्मेद्वारले पनि ५१ प्रतिशत मत ल्याउन नसकेकाले पुनः मतदान भएको हो।
पहिलो चरणमा तेस्रो स्थानमा रहेका यदु विष्टले दोस्रो चरणमा गछदारलाई समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।