काठमाडौं- नेपाली कांग्रेसका डडेलधुराका असन्तुष्ट पक्षले निर्वाचन समितिले गरेको निर्णय मान्य नहुने जनाएको छ।
निर्वाचन समितिले डडेलधुराको पुनः अधिवेशन हुन नसक्ने निर्णय सोमबार गरेको थियो। डडेलधुराको अधिवेशन एकपक्षीय भएकाले बदरको मागसहित नेता कार्यकर्ताहरु सानेपामा अनसनमा बसेका थिए। ‘हामीले पेस गरेका प्रमाणहरुको वास्ता नगरि पार्टीको विधान नियमावली र निर्वाचन निर्देशिकाको’ पालना नभई भएको अधिवेशन मान्य नहुने असन्तुष्ट पक्षको भनाइ छ।
निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमको प्रतिवेदन एकलौटी अनुमोदन गरेकोप्रति असन्तुष्टि जनाउँदै निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लले समितिलाई पत्र लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।