सौराहा– नेकपा एमालेको महाधिवेशन अन्तर्गत अहिले मतगणना भइरहेको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका थिए।
२१५३ जना प्रतिनिधि (मतदाता)मध्ये २०९६ मत खसेको थियो। गणना जारी रहेको र सबै गणना सकिएपछि परिणाम सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुव्वाले बताए।
'मतगणना जारी छ। अहिले बाहिर आएको विषयमा मलाई जानकारी छैन। अब डेढ घण्टामा नतिजा सार्वजनिक गर्छौं', सुब्बाले भने।
यस्तै उपाध्यक्ष, सचिव र केही सदस्यका लागि पनि मतदान भएको थियो। अन्तिम मत परिणाम आएपछि आजै केन्द्रीय कमिटीको पहिलो बैठक सौराहमा बस्ने एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।