सौराहा- नेकपा एमालेको दशौं महाधिवेशनको मतदानका क्रममा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली पक्षबाट आचारसंहिताको उल्लंघन भएको प्रमाण भेटिएपनि उजुरी प्राप्त नभएको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बताएका छन्।
आचारसंहित उल्लंघनबारे प्रतिक्रिया दिँदै उनले भने, 'निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन भएको प्रमाण पायो, तर उजुरी आएन।'
आयोगले निषेध गरेका प्रचार सामग्री मतदानस्थलको गेटमा बाँडिरहेको जानकारी पाएपछि रोकिएको उनले बताए। उनले भने, 'गेटमा निषेध गरिएको कुराहरु देखेपछि प्रहरीको सहयोगमा रोकेका थियौं।'
उनले २ बाइ ४ इन्चमा मात्रै तथ्यांक राख्न पाउने व्यवस्था आयोगले गरेको बताए। त्यो पनि मतदान परिसरभित्र प्रचार गर्न नपाइने उनको भनाइ छ।
ओली पक्षले संस्थापनइतरका अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाललगायतलाई भोट नदिने प्रचार सामग्री बाँडेका थिए।
सुब्बाले उक्त कार्य आचारसंहिता विपरित मात्रै नभई पार्टीकै अहितमा रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।