फाइल तस्बिर।
सौराहा- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक महाधिवेशनस्थल सौराहामै बस्ने भएको छ।
मंगलबार बिहान भएको निर्वाचनको मतपरिणाम आएपछि केन्द्रीय सदस्यहरूको टुंगो लाग्नेछ। साढे १ बजेतिर सुरु भएको मतगणनाको परिणाम साढे दुई घण्टामा आउने एमालेको केन्द्रीय निर्वाचन आयोगको आकलन छ। कतिपय केन्द्रीय कमिटी सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन्।
मतदानमा २१५३ जनाको मताधिकार रहेकोमा २०९६ जनाले मात्रै मत खसालेको निर्वाचन आयोगको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।