काठमाडौं– कांग्रेस संस्थापन पक्षले गण्डकी प्रदेशको सभापतिमा अर्जुनप्रसाद जोशीलाई उम्मेदवार बनाउने निश्चित गरेको छ।
केन्द्रीय सदस्य समेत रहेका जोशीलाई सभापतिका लागि अघि सारिएको हो। उक्त समूहबाट गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेता पनि आकांक्षी थिए।
संस्थापनइतरले भने गण्डकीमा प्रदेश सभापतिको उम्मेदवार तय गर्न सकेको छैन। उक्त पक्षबाट कृष्णचन्द्र नेपाली पोखरेल, देवराज चालिसे, शुक्रराज शर्मा, रघु पौडेल लगायतका आकांक्षी छन्।
मंसिर १८ र १९ मा गण्डकी प्रदेशको अधिवेशन पोखरामा हुने भएको छ। प्रदेश अधिवेशनको तयारी गर्नका लागि नेता गोपालमान श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।