काठमााडौं– नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन्।
डडेलधुराबाट महाधिवेशन प्रतिनिधि छनोट भएका महरले मंगलबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। प्रतिस्पर्धामा उत्रनका लागि उनले १४ बुँदे अजेण्डा पनि सार्वजनिक गरेका छन्। ‘१४ औं महाधिवशेनको कार्यभार,सशक्त कांग्रेस र बहुमतको सरकार’ चुनावी नारा सार्वजनिक गरेका छन्।
उनले एक व्यक्ति,एक पद दुईपटक मात्रै हुनुपर्ने चुनावी अजेण्डा सार्वजनिक गरेका छन्। प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता तोकिनुपर्ने उनले उम्मेदवारी सार्वजनिक कार्यक्रममा बताए।
सरकार र पार्टी सञ्चालनका लागि थिङ ट्याङ्कको स्थापना गरिनुपर्ने उनको तर्क छ। बीपीको विषय समयसापेक्ष हुनुपर्ने उनले बताए। व्यवहार र आचरणमा शुद्धता तथा आर्थिक पारदर्शिता पार्टीभित्र हुनुपर्ने उनले बताए।
रुपान्तरणका लागि युवा कांग्रेस स्थापनाको अजेण्डासमेत उनले अघि सारेका छन्। नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशनमै प्रस्तुत हुनुपर्ने उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।